किन जादैनन् त अमेरिकी राष्ट्रपति ट्रम्प सञ्चारकर्मीको भोजमा (पुरा जान्नुहोस्)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष पनि सञ्चारकर्मीको आयोजनामा गरिने भोज कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरेका छन् ।

‘राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका सञ्चारकर्मीको संगठनद्वारा यही अप्रिल २८ मा गरिने वार्षिक भोज कार्यक्रममा सहभागिता नजनाउने राष्ट्रपतिको कार्यालयले सूचना दिइसकेको छन्,’ भोज आयोजक संगठनका अध्यक्ष मार्गरेट तालेवले शुक्रबार एक विज्ञप्तिमार्फत् यस्तो जानकारि गराएका हुन् ।
अमेरिकी राष्ट्रपतिले सिएनएन र न्यूयोर्क टाइम्सजस्ता अमेरिकी प्रमुख सञ्चारमाध्यमहरू निरन्तर आफूविरूद्ध पूर्वाग्रही बनेको बताउँदै आएका छन्। ट्रम्पले गत वर्ष भोज भइरहेकै समयमा आफ्ना समर्थकहरूले आयोजना गरेको प्रदर्शनमा सहभागिता जनाएका थिए। रासस/ एएफपी

Got Something To Say: