खगेन्द्र लामिछाने अभिनित फिल्म डमरुको डण्डीबियो ट्रेलर सार्वजनिक

काठमाडौं– फिल्म ‘डमरुको डण्डीबियो’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक ट्रेलरले नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियो र खेलाडीको जीवनको कथालाई देखाएको छ।

फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंचु सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

फिल्म युनिटले प्रचारको नयाँ सैलि अनुरुप लोपोन्मुख डण्डीबियो खेलको स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ (डण्डीबियो खेलको ठ्याक) पनि सुरु गरिसकेको छ। च्यालेन्ज काठमाडौंको विभिन्न स्थानमा आयोजना भइरहेका छन्।

प्रतियोगितामा ‘डमरुको डन्डीबियो’ टिमबाट रु. ५०० (दुई जनालाई), रेडमुड कफीको तर्फबाट २ ओटा खानाको कुपन (एक जना विजेतालाई) प्रत्येक ठाउँबाट र रेडबूलको तर्फबाट एउटा क्यान रेडबूल, टिसर्ट र क्याप विजेतालाई उपहार दिइने बताइएको थियो।

 

समृद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ।
फिल्म आगामी बैशाख २१ गतेबाट नेपालभरी प्रदर्शनमा आउदै छ।

Got Something To Say: