चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को शीर्ष गीत सार्वजनिक(भिडियो)

काठमाडौ – चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ का को शीर्ष गीत सार्वजनिक भएको छ । ’रानी’ जोेडी अभिनेत्री मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ स्टारर उक्त चलचित्रको गीत सार्वजनिक भएको हो । उक्त सार्वजनिक गीतमा गायक फिरोज बस्नेत र गायिका अञ्जु पन्तको स्वर रहेको छ भने अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेकको छ ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा मलिना र मनिष फिचरिङमा छन् । गीतमार्फत यी दुई एकअर्काको साथ मिले सधै खुसी हुने कुरा गरिएको छ ।

कार्यक्रममा मलिनाले गीत झैँ फिल्म पनि सुन्दर बनेको बताइएकी छन् । यसमा वर्षा सिवाकोटी, स्वरुप पुरुष ढकाल लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेका छन् ।
आगामी २०७५ को असार ८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मलाई विकास बस्यालले निर्देशन गरेका हुन् भने उनकै कथा रहेको छ ।
विना कार्की निर्माता रहेको ‘तिमी हुन्छौ जहाँ जहाँ’ बि एण्ड बि फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

Got Something To Say: