चलचित्र हैरान तथा विश्वका कान्छा निर्देशक सौगात को चलचित्रको शिर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौं– गिनिज वुक अफ वल्र्ड रेकर्डस्मा कान्छा निर्देशकको रुपमा नाम लेखाएका सौगात विष्ट निर्दे्शित दोश्रो फिल्म ‘हैरान’ को शिर्ष गीत रिलिज भएको छ । सत्य स्वरुपराज आचार्यको शब्द, स्वर तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
हैरान गीतमा सत्य स्वरुपलाई बबिता मानन्धरले स्वरमा साथ दिएकी छन् । गिरीश खतिवडा र सरगम आचार्यले फिचरिङ रहेको छ । फिल्मका कलाकारहरु सरोज खनाल, गजित विष्ट, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निश्मा घिमिरे, आरोही र एञ्जल राई प्रस्तुत भएका छन् ।
डान्स फिवरको प्रस्तुती रहेको ‘हैरान’ मा सम्झना पोखरेल कार्यकारी निर्माताको रुपमा रहेकी छन् । निर्माताको रुपमा मुक्त्ती घले, सृष्ट्रि घिमिरे र डा.वाइएल लामा रहेका छन् । फिल्म जेठ ४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

 

Got Something To Say: