जग्गा बेचेर चलचित्र बनाएको छु, मेरो लागी यो ड्रिम प्रोजेक्ट हो– निर्माता रोहीत रुम्बा

 

काठमाडौ – आगामी शुक्रबार अर्थात् चैत्र ३० मा फिल्म ‘नेप्टे’ प्रदर्शनमा आउने भएको छ । प्रदीप खड्काको ‘लिलिबिली’ सँगै आउने यो फिल्मले कस्तो व्यापार गर्छ त भन्नेमा प्रश्न उठेको छ । ‘राम्रो व्यापार गर्यो भने आइतबार नै अर्को फिल्म बनाउने घोषणा गर्छु’, ‘नेप्टे’ का निर्माता तथा कलाकार रोहित रुम्बा एक पत्रकार सम्मेलनमा भनेका छन् यदि राम्रो व्यापार गरेन भने ?¬ म चार पाँच वर्ष यो लाइनमा आउँदिन’, मलिन अनुहारमा रोहितले सञ्चारकर्मी सगँ भनेका छन् । ‘मलाई बन्धकी राखेको बारी कसरी निकालुँ भन्ने चिन्ता हुन्छ । काम गरेर बारी निकालेर मात्रै आउँछु । फिल्म चाहिं बनाउँदिन् ।’ ‘नेप्टे’ बनाउँन भक्तपुरको डेढ रोपनी बारी बेचेको र बाँकी बन्धकी राखेको रोहितले बताएका छन् ।

‘मलाई पनि दर्शकले चिनुन् भन्ने छ । मेरो यो चलचित्र ड्रिम प्रोजेक्ट हो’, झण्डै डेढ दशकदेखि फिल्म क्षेत्रमा रहेका रोहितले सुनाए । फिल्ममा उनी हिरो कान्छा अर्थात् झिल्के हिरोको रुपमा प्रस्तुत भएका छन् । देव कुमार श्रेष्ठ निर्दे्शित चलचित्रमा बुद्धि तामाङले फिल्मको रोल आफु जस्तै रहेको बताएका छन् । रोहित र बुद्धि सँगै फिल्ममा दयाहाङ राई, छुल्ठिम गुरुङ, पूर्णिमा लामा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यस्तै चैत ३० गते नै प्रदर्शनमा आउने फिल्म ‘लिलिबिली’ सँग बराबरि प्रतिस्पर्धा रहेको उनले बताएका छन् । ‘५८ वटा हल फिल्मले पाउँछ । मैंले उताको वितरकसँग कुरा गरेरै फिल्म रिलिज गर्न लागेको हुँ’, रोहितले भनेका छन् ।

Got Something To Say: