दाइजोप्रथाको कथामा फिल्म भोरको ट्रेलर सार्वजनिक

काठमाडौं– फिल्म भोरको ट्रेलर सार्वजनिक भएको छ। सति प्रथा बिरुद्धको फिल्म झोला निर्देशक यादवकुमार भट्टराईद्धार निर्देशित फिल्म भोरको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो।

नयाँ बर्ष २०७५को पुर्व सन्ध्यामा सार्वजनिक ट्रेलरमा मधेशमा ब्यप्त दाइजो प्रथाको कथालाई प्रश्तुत गरिएको छ।

बैशाख २१ गतेबाट प्रदर्शनको तयारिमा रहेको फिल्म भोरमा कथाकार कृष्ण धाराबासीको लेखन तथा निर्देशक भट्टराईको पटकथा छ।

फिल्ममा रामनारायण ठाकुर , अनितारानी मण्डल, प्रमेस झा, मदन ठाकुर, बिष्णुकान्त झा लागायतका कलाकारको अभिनय रहेको छ।

राम तिमल्सिना र राम गोपाल थापाको निमार्णमा बनेको फिल्मलाई दिपक बज्रचार्यले खिचेका हुन्।

Got Something To Say: