पल्सर स्पोर्टस् अवार्डको मिती घोषणा कहिले हुदैछ त ? (पुरा जान्नुहोस्)

काठमाडौं– पल्सर स्पोर्टस् अवार्ड आगामी ०७५ जेठ ४ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजना हुने भएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने अवार्डको १४औं संस्करणको मिति तथा स्थान घोषणा गरिएको हो । गत वर्षजस्तै योवर्षपनि वर्षको उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, ‘टिम अफ दी इयर’लगायतका विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने भएको छ ।

अवार्ड कार्यक्रमको प्रमुख प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले योपटक १० लाख रुपैयाँ नगद र चारओटा मोटरसाइकल गरी २० लाख बराबरको प्रायोजन गर्ने भएको छ ।

Got Something To Say: