शिव परियारको स्वरमा पुष्प र मरिश्काको प्रेम बेदना ‘जितेर पनि हारमा छु’ सार्वजनिक

काठमाडौं– गजलकार सुरेश वाग्लेको प्रेम र अस्वभाविक बिछोडका शब्दमा रचिएको गजल ‘जितेर पनि हारमा छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सोमबार गायक शिव परियारको स्वर तथा सङ्गीतकार हरि लम्सालको सङ्गीत रहेको गजलको भिडियो सार्वजनिक गरिएको हो।

केही दिन अघि सार्वजनिक वाग्लेको १० गजल समावेस गीति एल्बम ‘तिमी साथ भएपछि’मा समावेस गजल ‘जितेर पनि हारमा छु’को भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री मरिस्का पोखरेल फिचरिङ भएका छन् ।

केही समय अन्तराल पछि आशलाग्दो सांगीतिक कोशेलि लिएर दर्शक श्रोतामाझ आएको भन्दै गायक स्वयम शिव परियारले सार्वजनिक गीत प्रति उच्च आश रहेको जानकारी दिएका छन्।

लामो समदेखि अमेरिका बस्दै आएका वाग्लेको नेपाली गजल, गीत संगीत र संस्कृतिको बिकासको उदेश्यको फलस्वरुप सार्वजनिक गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारिको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको भिडियोलाई नेपाली वेबसाइट नामको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गजलकार वाग्लेका सोमबार सार्वजनिक ‘जितेर पनि हारमा छु’ बाहेक अन्य २ गीतको भिडियो पनि केहि दिन अघि सार्वजनिक भएका थिए। दर्शक तथा श्रोताहरुको अपार मायाँ र साथले वाग्लेका गजलहरु निकै लोक प्रिय बन्दै गएका छन्।

उदय मनिला सोताङको स्वरमा रहेको ‘प्यार हुन्छ’ र नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको ‘तिमी साथ भएपछि’ बोलका गीतलाई दर्शकको साथले युट्युवको ट्रेन्डीङ नं. १मा समेत पर्न सफल भएका थिए।

शिव परियारको स्वरमा रहेको ‘जितेर पनि हारमा छु’ भिडियो

 

Got Something To Say: