हावाहुरीका कारण भारतमा २६ जनाको मृत्यु,ताज महलमा समेत क्षति
नयाँदिल्ली– भारतको उत्तर प्रदेश राज्यमा वर्षा सहितको उच्च गतिको हावाका कारण कम्तिमा २६ जनाको मृत्यु भएको छ।
सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार प्रतिघण्टा १ सय ३० किलोमिटरको गतिमा हावाहुरी चलेको थियो।
उत्तर प्रदेशको ब्राज नजिकै बुधबार राति भीषण बर्षासहितको हावाहुरी चलेको र यसबाट मानवीय क्षतिसमेत हुन पुगेको भारतीय प्रहरीले बताएको छ।
उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि वर्षासहित तीव्र हावाहुरी आएको अधिकारीहरुले जानकारी दिएका छन्।
‘हालसम्म प्राप्त विवरण अनुसार आग्रामा ८ जनाको मृत्यु भएको छ भने ४ जनाको मथुरामा र २ जनाको फिरोजावादमा मृत्यु भएको छ,’ एक अधिकारीले भने।
भारतीय संचार माध्यमहरूले विनाशकारी हावाहुरी र वर्षाका कारण पश्चिमी राजस्थान राज्यमा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेका छन्। रासस
Got Something To Say:
You must be logged in to post a comment.