त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिजको उपाधि बंगलादेशलाई

वाल्टन –  बंगलादेशले पहिलो पटक त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको छ ।

आयरल्यान्डको वाल्टनमा भएको प्रतियोगिताको गएरातिको खेल वर्षाले प्रभावित पारेपछि वेष्ट इन्डिजलाई डिएल पद्धतिमा ५ विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

यो बंगलादेशका लागि पहिलो त्रिदेशीय सिरिजको उपाधि हो ।

गएराति टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २४ ओभरमा १ विकेट गुमाएर १५२ रन बनाएर खेलिरहँदा वर्षाले खेल रोकिएको थियो ।

खेल रोकिनुअघि वेष्ट इन्डिजका लागि शाई होपले ७४ तथा सुनिल वाल्फोर्डले अविजित ६९ रन बनाएका थिए ।

त्यसपछि बंगलादेशले डिएल पद्धतिका आधारमा २४ ओभरमा २१० रनको लक्ष्य पाएको थियो ।

उक्त लक्ष्य बंगलादेशले २२ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो । बंगलादेशको जितमा सोम्य सरकारले ६६ रन जोड्दा मोसाडेक होसेनले अविजित ५२ रन जोडे ।

वेस्ट इण्डिजका शनोन गाब्रियल र रेमोन रेइफरले समान २÷२ विकेट लिए ।

Got Something To Say: