३३ किलो सुन काण्ड माथी यस्तो बन्यो नयाँ तीज गीत

काठमाडौं – एअरपोर्टबाटै हराएको ३३ किलो सुनको विषयलाई लिएर नयाँ तीज गीत सार्वजनिक भएको छ। लोक तथा दोहोरी गायक तथा मोडल सज्जन बोहोरा र लोकदोहारी गायिका विमला श्रीषले ३३ किलो सुनको कथामा तीज गीत सार्वजनिक गरेका हुन्।

सार्वजनिक गीतको भिडियोमा पनि ३३ किलो सुन काण्डको सन्दर्भलाई जोडीएको छ। प्रविण खत्रीको शब्द तथा संगीतमा तयार उक्त गीतको सार्वजनिक म्युजिक भिडियोमा गायक बोहोरा र गायिका श्रीषले आफैले अभिनय गरेका छन्।

मेसना डिजिटल कम्पनीबाट सर्वजनिक उक्त गीतको उक्त भिडियोलाई एकेन्द्र सारा शंकरले निर्देशन गरेका हुन्।

भिडियो

Got Something To Say: