भारतद्धारा बोइङ ७३७ म्याक्स’ जहाजलाई आफ्नो क्षेत्रमा उडान गर्न प्रतिबन्द्ध 
काठमाडौं – भारतले ‘बोइङ ७३७ म्याक्स’लाई बुधबारदेखि लागू हुनेगरी आफ्नो हवाई क्षेत्रमा प्रवेश गरी अर्को देशमा जान रोक लगाएको छ ।
भारत सरकारले गरेको नयाँ निर्णयले कुनैपनि बोइङ ७३७ म्याक्सलाई आफ्नो देशभित्र उडान गर्ने र भारतीय हवाईमार्ग भएर उडान भर्न प्रतिबन्ध लगाएको हो ।
हालै इथियोपियामा बोइङ ७३७ म्याक्स दुर्घना भएपछि भारतले यो विमान सुरक्षित नभएको भन्दै यस्तो निर्णय गरेको हो ।
सो दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै १५७ जनाको मृत्यु भएको थियो ।
यसअघि, बेलायत र चीनलगायत ८ राष्ट्रले पनि बोइङ ७३७ म्याक्सलाई आफ्नो देश भएर उडान भर्न रोक लगाइसकेका छन् ।
उता अमेरिकाले भने बोइङ ७३७ म्याक्सको उडानमा प्रतिबन्ध नलगाउने जनाएको छ ।
अमेरिकाको फेडरल एभिएसन अथोरिटीले उक्त मोडेलका विमानहरु ‘ग्राउन्डेड’ गर्नुपर्ने कुनै आधार नभएको भन्दै उडानमा प्रतिबन्ध नलगाउने जनाएको हो ।
सन् २०१७ मा व्यावसायिक उडान सुरु गरेको बोइङ ७३७ म्याक्स मोडेलका विश्वभर ३५० ओटा विमानले व्यावसायिक उडान गर्दै आएका छन ।
पाँच महिनायता उक्त मोडेलका विमान दुईओटा दुर्घटना भएपछि विश्वका ८ देशले प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । (एजेन्सी)

 

Got Something To Say: