आठौं राष्ट्रिय खेलकुद स्वर्ण पदक विजेताहरु ३ महिनापछि पुरस्कृत

काठमाडौं – आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता एवं राष्ट्रिय कीर्तिमान बनाउन सफल खेलाडीहरुलाई पुरस्कृत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगिता सकिएको ३ महिनापछि पूर्वघोषित नगद पुरस्कार वितरण गरेको हो ।

गत चैत २७ देखि बैशाख ११ सम्म नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल लगायत प्रदेश ५ का विभिन्न शहरमा भएको आठौं राष्ट्रिय खेलकुदमा ३ सय ३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

एकल र टिम गेम्सतर्फका कुल ६ सय ९६ जना खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्य सचिव रमेश सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए ।

एकल खेलतर्फका स्वर्ण पदक विजेतालाई जनही १५ हजार रुपैंया तथा टिम गेम्सतर्फका विजेतालाई जनही ७ हजार रुपैयाँ पुरस्कार दिईएको छ ।

यसैगरी आठौं खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीहरुलाई प्रति कीर्तिमान २५ हजार रुपैयाको दरले पुरस्कृत गरिएको छ ।

आठौं राष्ट्रिय खेलकुदमा कुल २६ वटा कीर्तिमान बनेको थियो ।

Got Something To Say: