चलचित्र ‘ए मेरो हजुर–३’ को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडाै‌ं-  चलचित्र ‘ए मेरो हजुर–३’ को ट्रेलर सार्वजनिक भएको छ । विहिबार सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र अनमोल केसी र डेब्यू नायिका सुहाना थापा लाई प्राथमिकताका साथ प्रस्तुत गरिएकाे  छ।

ट्रेलरमा अनमोल केसी लाइ २ वटा भूमिकामा प्रस्तुत गरिएकाे छ।  एकातिर स्टार सिंगरका रुपमा देखिएका अनमोल अर्को क्यारेक्टरमा ब्याकपेपर लाग्ने विद्यार्थीका रुपमा फिचर्ड छन् ।

बुधबारनै सार्वजनिक गर्ने भनिएको चलत्रिको ट्रेलर प्राविधिक कारणले अपलोड गर्न नसकिएको निर्माण पक्षले जनाएको छ । युट्युबका दर्शकले भने आजबाट मात्रै ट्रेलर हेर्न पाएका हुन् ।

चलचित्रमा अनमोल र सुहानासँगै अभिनेता सलोन बस्नेत, सरोज खनाल, रेअर राईलगायत मुख्य भूमिकामा छन् । साङ्गीतिक प्रेम कथा समेटिएको चलचित्रकी मुख्य पात्र सुहाना अर्थात् झरना थापाकी छोरी रहेकी छन्।

झरना थापाले निर्देशित चलचित्र चैत २९ गतेबाट  नेपाल भिर रिलिज हुँदैछ ।

चलचित्रलाई  श्रीमान तथा सुहानाकाे वुबा सुनीलकुमार थापाले निर्माण गरेका हुन् ।

ट्रेलर

Got Something To Say: