शिशिर योगीको ‘आमा’ सार्वजनिक

काठमाडौं – गायक शिशिर योगीको स्वरमा रहेको ‘आमा’ सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन अर्थात मातृ औंशीको अवसर पारेर अर्जुन पराजुलीको शब्द, बीबी अनुरागीको संगीत र शिशिर योगीको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा अधिवक्ता तथा गायक, गीतकार तथा सङ्गीतकार भीमार्जुन आचार्य ‘अर्जुन मिलन’को प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा भीमार्जुनले शिशिर योगीको स्वरमा जादु रहेको भन्दै अर्जुन पराजुलीको शब्द पनि त्यत्तिकै शसक्त रहेकोले गीत निकै राम्रो बनेको बताए ।

गीतकार तथा कवि अर्जुन पराजुलीले संसारमा आमा भन्ने शब्द सबैभन्दा प्रिय शब्द रहेको बताउँदै शिशिरको स्वर र बीबी अनुरागीको संगीतमा गीत राम्रो बनेको र गीतको भिडियो पनि मन छुने बनेको बताए ।

मिलापका सम्पादक कृष्ण भुसाल, भकारी एमडीसीका अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापालगायतले आमा गीतका बारेमा आ–आफ्ना भनाइ राखेका थिए । गायक शिशिर योगीले यो गीत गाउँदा आफू धेरै चोटी भक्कानिएको बताउँदै सार्वजनिक समारोहमा यो गीत गाउँने प्रयास गरेपनि गाउन नसकेको जनाए ।

सञ्जय पाण्डेले निर्देशन गरेको भिडियोमा सरोज खनाल, रश्मी भट्ट, सुस्मिता कार्कीको अभिनय रहेको छ ।

चक्र महर्जनको छायांकन रहेको गीतको भिडियोलाई दिनेशजंग रानाले सम्पादन गरेका छन् । भिडियो बेष्ट टोन म्युजिकको युट्युव च्यानलबाट सार्वजनिक गरिएको ।

Got Something To Say: