नायक निखिल अभिनित फिल्म भिलेनको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं – आगामी पुष १७ बाट देशभर प्रर्दशनमा आउने फिल्म भिलेनको ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार निखिल उप्रेति,नायिका शिल्पा पोख्रेल,निशा अधिकारी,कपिल खत्री,धुव्र कोइराला लाई विषेश रुपमा देखाइएको छ। करिब १ बर्ष पछि दर्शकमाझ आएका नायक निखिल उप्रेति को यो फिल्म भिलेनको ट्रेलर हेर्नुहोस्

‘भिलेन’ले एक जोडीको प्रेममा परिवार भिलेन बनेपछि उत्पन्न हुने समस्या र त्यसले समाजमा पर्ने असरको कथालाई उठान गरेको छ । दि ग्लोबल पिक्चर्य प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता कपिल खत्री हुन् । भने फिल्ममा देवेन्द्र पाण्डेको निर्देशन रहेको छ ।
दीपक श्रेष्ठ र सुरज खड्का कार्यकारी निर्माता रहेको भिलेनका प्रस्तुतकर्ता कपिल खत्री र बल बहादुर श्रेष्ठ शितलको लगानी रहेको छ । भने फिल्ममा राज कुमार श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् । फिल्म मौनता श्रेष्ठको कथा, मदन काश्यप घिमिरे र सौरभ लामाको छायाँकन, लाल कुमार बराल, बसन्त सापकोटा र बाबुल गिरीको संगीत, शुक्रराज शाहको द्धन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ ।

Got Something To Say: