एडिबिद्धारा १७ अर्ब ऋण सहयोग,खानेपानी तथा सरसफाईमा सहज हुने

काठमाडौं – एसियाली विकास बैंक एडिबीले नेपालमा सञ्चालन हुने २ आयोजनाका लागि करिब १७ अर्ब ऋण सहयोग गर्ने भएको छ । एडीबीले सहरी खानेपानी आपूर्ति तथा सरसफाई आयोजना र सासेक ऊर्जा प्रणाली विस्तार आयोजनाका लागि १६ अर्ब ९२ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको हो । सहयोगसम्बन्धी दुवै सम्झौतापत्रमा अर्थसचिव डा. राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् । देशभरका २० नगरपालिकामा समुदायमार्फत व्यवस्थित खानेपानी तथा सरसफाई कार्यक्रम अघि बढाउन एडिबीको ऋण उपयोग हुने अर्थ मन्त्रालयले जनाएको छ । यस्तै विद्युत प्रसारण लाइनको क्षमता विस्तार, वितरण प्रणाली सुधार र विद्युत प्राधिकरण र बैकल्पिक ऊर्जा पव्रवद्र्धन केन्द्रको क्षमता अभिवृद्धिका लागि सहयोग रकम परिचालन हुने अर्थमन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Got Something To Say: