३५ बर्ष पछि फिल्म हेर्ने अबसर पाउदै साउदी अरेबियन नागरिक

एजेन्सी– साउदी अरेबियामा ३५ वर्ष पछि सिनेमा हलहरु सञ्चालन हुने भएका छन्। अप्रिल १८ देखि सिनेमा हलमा फिल्म प्रदर्शन सुरु हुन लागेका हुन् ।

अमेरिकाको एएमसीले साउदीका १५ सहरमा ४० वटा हल खोल्ने अनुमती पाएको छ। राजधानी रियादमा एएमसीले १८ अप्रिलमा सुपरहिट अंग्रेजी फिल्म ब्लाक प्यान्थर फिल्म प्रदर्शन गर्दैछ।

सन् १९७० मा साउदीमा धेरै सिनेमा हलहरु संचालनमा थिए। तर, सन् ८० को दशकसम्म एकपछि अर्काे बन्द गरिएको थियो। त्यतीबेला देशमा पश्चिमी प्रभाव बढेको भन्दै त्यसलाई रोक्न हलहरु बन्द गरिएका थिए ।

सन् २०१७ मा साउदी सरकारले आर्थिक तथा सामाजिक पुर्नसंरचना सुरु गर्ने घोषणा गरेको थियो। सोहि घोषणा अनुसार साउदीमा सिनेमा हलहरु पनि सुचारु गरिएको हो।

Got Something To Say: