यस बर्ष सप्तरीमा आँपको उत्पादनमा वृद्धी हुदै

सप्तरी – सप्तरीमा यस वर्ष आँपको उत्पादनमा वृद्धि हुने देखिएको छ ।

जिल्ला कृषि विकास कार्यालय सप्तरीले यस वर्ष आँपका बोटमा राम्रोसँग चिचिला लागेकाले उत्पादन वृद्धि हुने देखिएको जनाएको हो ।

कार्यालयले यस वर्ष करिब १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ बराबरको आँप उत्पादन हुने अनुमान गरेको छ ।

गतवर्ष सप्तरीमा प्रतिहेक्टर ६ मेट्रिक टनका दरले आँप उत्पादन भएको थियो ।

यस वर्ष प्रतिहेक्टर ८ मेट्रिक टनको दरले कम्तिमा पनि ४० हजार टन आँप उत्पादन हुने अनुमान कार्यालयको छ ।

जिल्ला कृषि विकास कार्यालय सप्तरीका कार्यालय प्रमुख भागिरथ यादवले पूर्वमा कञ्चनरुपदेखि पश्चिममा वलान नदीसम्म पूर्व–पश्चिम लोकमार्ग आसपासमा बढी आँप खेती हुने गरेको जानकारी गराएका छन् ।

सप्तरीमा मालदह, बम्बई, दशहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोग जातका आँपको खेती हुने गरेको उनले बताएका छन् ।

Got Something To Say: