गाडिको चक्का विना नै सावधानीपूर्वक विमान अवतरण

म्यानमार– म्यानमारमा अगाडिको चक्का विना नै पाइलटले सावधानीपूर्वक विमान अवतरण गरेका छन् । म्यानमारको माण्डलेमा रहेको विमानस्थलमा मुलुकको राष्ट्रिय वायुसेवाको विमान अवतरण गर्ने क्रममा अगाडिको चक्काले काम नगरेपछि त्यत्तिकै अवतरण गरिएको हो ।

अवतरण गरिएको एम्बारर १९० विमानभित्र ८९ यात्री रहेको जनाइएको छ । शुरुमा विमान अवतरण गर्ने क्रममा विमान चालक कप्तान म्याट मो ओउङले विमानको अगाडिको चक्काले काम गरे नगरेको निश्चित गर्न विमानस्थलको आकाशमा दुई फन्को लगाएका थिए । तर, विमानको अगाडिको चक्काले काम नगरेपछि जबरजस्ती अवतरण गर्नु परेको थियो । आपतकालीन अवतरण गर्ने क्रममा शुरुमा इन्धनका कारण विमानको वजन कम होस् भन्नाका लागि आकाशमा केही बेर विमान उडाइएको थियो ।

त्यसपछि विमानचालकले निकै होसियारीपूर्वक अवतरण गराउँदा पछाडिका चक्काले जमिनमा छोएको थियो भने पछि अघिल्लो भाग धावनमार्गमा २५ सेकेण्डसम्म घिसारिएको थियो । राजधानी यंगुनबाट माण्डलेका लागि उडेको विमानमा सवार सबै यात्री सुरक्षित रहेको जनाइएको छ ।

Got Something To Say: