फिल्म अमेरिका बोइजको शिर्ष गीत ‘आयो शहरबाट अमेरिका बोइज’

काठमाडौं–नेपाली फिल्म अमेरिका बोइजको टाईटल गीत ‘आयो शहरबाट अमेरिका बोइज’ सार्वजनिक भएको छ । दिपक राजको शब्द, संगित तथा उनकै स्वर रहेको गितमा रिकेश गुरुङको ऐरेन्ज रहेको छ। फिल्मले आफ्नो पहिाले प्रमोसनल गीत सार्वजनिक संगै गीतको कभर सङ प्रतियोगितको पनि घोषणा गरेको छ।

कभर सङ प्रतियोगितामा भागलिएर बिजेता बन्ने प्रतिस्पर्धीलाई फिल्म युनिटले नगद रु ५००० सहित आकर्षक पुरस्कार पनि दिने ब्यबस्था गरेको छ।

प्रवेश पौडेल निर्दे्शित फिल्मा अमेरिकन बोइजमा अभिनेता अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय छ।

‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलले लगानि गरेका छन् ।
समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह– निर्माताको रुपमा रहेका छन् ।

विवेक पण्डेको कथा, पटकथा र संबाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्धन्द रहेको छ ।

आलोक शुक्लाको छायांकनमा तयार फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ।

Got Something To Say: