पोष्टरमा अभिनेता अनमोलको एन्ग्री फुटबलर लुक्स

काठमाठौं– अभिनेता अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’का दुई नयाँ पोस्टर सार्वजनिक भएको छन् ।

सार्वजनिक पोस्टरमा अभिनेता केसीलाई फुटबलका साथ खेल मैदानमा देख्न सकिन्छ। यससँगै द्वय सुनिल थापा र प्रशान्त ताम्राकारलाई पनि पोष्टरमा देखाइएको छ।

तर निमार्ण टिमले फिल्मको पोष्टरमा नव–अभिनेत्री उपासना सिंह ठकुरीभने अटाउन सकेकी छैनन्। फिल्ममा अन्यकलाकारहरु सरोज खनाल, राजाराम पौडेल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

भुवन केसीको निमार्ण तथा दिवाकर भट्टराइको निर्देशन रहेको फिल्म ‘क्याप्टने’ फागुन १७ गतेबाट प्रदर्शनमा आँउने छ।

Got Something To Say: