शिबले ल्याए ‘आँशुकाे अर्थ–२’ भिडियो

काठमाडौं– गायक शिव परियारले नयाँ गीत ‘आँशुको अर्थ–२’को नयाँ भिडियो बजारमा ल्याएका छन् । रबि अधिकारीको शब्द, गायक स्वयमकै संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ।

गीतको सार्वजनिक भिडियोमा भने सन्नी सिंह र ज्योत्सना योगीको अभिनय देख्न सकिन्छ।

गत वर्ष सार्वजनिक भएको ‘आँशुको अर्थ’ सफल भएपछि सो गीतका गीतकार रवि अधिकारीले ‘आँशुको अर्थ -२’ लेखेका हुन्। गीतको भिडियोलाई गायक परियारकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियो

Got Something To Say: