दुवईमा हुने एसीया क्रिकेट कपको खेल तालीका सार्वजनिक

काठमाडौं – आउदो सेप्टेम्वरमा युएईमा हुने एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
आगामी सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्र सहभागी हुने बताईएको छ ।

नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबीच आगामि अगष्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा छनौट प्रतियोगिता आयोजना हुनेछ ।
यसको विजेताले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्ने बताईएको छ ।

सार्वजनिक भएको खेल तालिका अनुसार भारत र पाकिस्तान समूह ए मा परेका छन् ।

छनौट प्रतियोगिता जितेर जाने एक टोली यो समुहमा थपिनेछ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा परेका छन् ।

दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दुबई तथा अबुधावीमा हुनेछन् ।

Got Something To Say: