‘एसियन बडीबिल्डिङ च्याम्पियनसिप’मा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडाैं – ५३औं ‘एसियन बडीबिल्डिङ च्याम्पियनसिप’मा नेपालका दुईजना खेलाडीले भाग लिने भएका छन् ।

चीनको हर्बिन सिटीमा  आगामी जुलाई २६ देखि २९ तारिखसम्म सो प्रतियोगिता हुने बताईएकाे छ ।

प्रतियोगितामा शारीरिक सुगठनका खेलाडीद्वय रामहरि खनाल र रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

५३औं च्याम्पियनसिप तथा वार्षिक कंग्रेसमा भाग लिन नेपालबाट दुई खेलाडी र तीनजना अफिसियल चीन जान लागेको नेप्लिज फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेसले जनाएको छ ।

Got Something To Say: