योजना र विरेन्द्रको ‘आउन माया’मा पुष्प र सृष्टिको रोमान्स

काठमाडौं- गायिका तथा सञ्चारकर्मी योजना पुरी र गायक बिरेन्द्र श्रेष्ठको स्वरमा ‘आउन माया’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

अम्बिका गुरुङ्गको शब्द रहेको सार्वजनिक गीतमा दीपक शर्माको संगीत छ।

एक राजकुमारी भित्रकाे ईच्छा र याैवन प्रस्तुत  गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सृष्टि खड्का फिचर्ड छन् ।

भिडियाेमा माेडल सृष्टि राजकुमारीको भूमिकामा प्रस्तुत भएकी छन् भने सृष्टिप्रति पुष्पको एकोहोरो प्रेम देखाइएको छ। सुरेन्द्र बसेलले कोरियोग्राफी तथा निशान कश्यपले निर्देशन रहेकाे भिडियाे दर्शकका लागि अकर्षक रुपमा प्रस्तुत छ।

उद्धव दाहालकाे छाया‌‌कन रहेकाे  भिडियोलाई विकास दाहालकाे सम्पादन गरेका हुन् ।

भिडियो :

Got Something To Say: