विराज भट्टको फिल्म ‘साङ्लो’ निर्माण घोषणा

काठमाडौं – नायक विराज भट्टले फिल्म बनाउने भएका छन् ।

शुक्रवार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी उनले फिल्म ‘साङ्लो’ निर्माण घोषणा गरेका हुन् ।

केही सयम भोजपुरी फिल्ममा व्यस्त रहेको उनि आफ्नो फिल्म लिएर नेपाली फिल्म क्षेत्रमा फर्कीएका छन् ।

फिल्म ‘साङ्लो’मा पुर्व मिस नेपाल निकिता चण्डक र भट्ट आफैले अभिनय गर्ने कार्यक्रममा बताइएको छ ।

निकिता र विराजका अलवा फिल्ममा कामेश्वर चौरासिया, अमित गिरी लगायतका कलाकारको मुख्य अभिनय रहने छ ।

कार्यक्रममा ‘आफुले फरक विषयमा अभिनय गर्न पाएको थिइन, तर यो फिल्ममा भने फरक विषयलाई समावेश गरेको छु’–विराजले भने।

यता नव नायिका निकिता भने आफुलाई तत्काल फिल्म खेल्न इच्छा थिएन, तर विराजको कुरा सुनेपछि नाइ भन्नै नसकेको बताउछिन् ।

यहि वैसाख २४ बाट छायांकनमा जाने उक्त फिल्म करिब ५० दिनमा सक्ने समते उनले बताएका छन् ।

Got Something To Say: