आईतवार पहिलो पटक विराटनगरमा रेल, हेर्नेको घुँइचो

विराटनगर – भारतको वथनाहादेखि नेपालको विराटनगरसम्मको रेलमार्गमा आइतबार रेल इन्जिन परीक्षण गरिएको छ ।
बथनाहाबाट छुटेको रेलको इन्जिन आइतबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिकाको बुधनगरस्थित यार्डसम्म आएको हो । रेलको इन्जिन हेर्न नेपालतर्फ सयौं मानिसहरुको उपस्थिती रहेको थियो ।
रेलको इन्जिन केही बेर राखेर फेरि भारततर्फ नै लगिएको छ । निर्माण कम्पनीका निर्देशक अश्विनीकुमारले अबको ४५ दिनभित्र बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने बताएका छन् ।
बथनाहादेखि बुधनगरसम्म कुल ८ किलोमिटर पर्छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर दूरी रहेको बताइएको छ ।

Got Something To Say: