चकलेटी नायक आर्यन सिग्देलको चलचित्र ‘कायरा’ रिलिज घोषणा

चकलेटी नायक आर्यन सिग्देल र ‘मस्ट डिमान्डेड’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को रिलिज डेट घोषणा गरिएको छ ।

वितरक सुनिल मानन्धरले यस फिल्मको प्रदर्शन मिति साउन १८ गतेलाई तोकिएको जानकारी दिए ।

साम्राज्ञी लण्डन र आर्यन श्रीमतिसँग अष्ट्रेलिया भ्रमणमा रहेका कारण उनीहरु नेपाल फर्किएपछि एक गीत सार्वजनिक गर्दै फिल्मको औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।

यसका निर्देशक लक्ष्मण रिजाल हुन् ।

साम्राज्ञी र आर्यनले पहिलो पटक एकसाथ ’स्कृन’ शेयर गरेका कारण दर्शकहरु यो कपललाई पर्दामा हेर्न निकै आतुर रहेका छन् ।

गएको महिना ‘कायरा’ को सुटिङ सेटबाट यी दुईको एक रोमान्टिक तश्बिर बाहिरिएको थियो ।

तश्बिरका कारण पनि फिल्मको यतिबेला व्यग्र प्रतिक्षा भइरहेको छ ।

फिलिपिन्स र नेपालमा छायांकन भएको यस फिल्मको निर्माता आर्यन आफैं हुन् ।

यो फिल्मका लागि साम्राज्ञीले १० लाख पारिश्रमिक बुझेको चर्चा छ ।

लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा असफल हुन थालेपछि आर्यनले आफ्नो करिअरमाथि उठाउन साम्राज्ञीलाई जोडीको रुपमा चुनेका हुन् ।

Got Something To Say: