चुनौतिहरुको चाङमा ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का

नेपाली वेबसाइट 

काठमाडौं– बिहीबार साँझ कीर्तिपुर स्थित एक विध्यालयकाे चौर ,माहोल छुट्टै थियो। टेन्टले बारेर तयार पारिएको स्टेज, गेस्ट र अडियन्सका लागि तयार भेन्यू अकर्षक लाग्थ्यो। कार्यक्रम थियो ‘मिस नेपाल वर्ल्ड २०१९’को ग्रान्ड फिनाले ।
यस अघिका २४ मिस नेपाल छनोटका लागि पाँचतारे होटल छानिए पनि यस पटक त्यसो भएन। अर्कातर्फ कार्यक्रमको रजत जयन्ती (२५औँ बर्ष)का अवसरमा आम सर्वसाधारणलाई पनि टिकट खुल्ला गरियो। जसले गर्दा कोठा भित्र गरिने मिसनेपाल यस पटक आम नागरिकका लागि समेत मनोरञ्जनको क्षण बन्न पुग्यो।

पूर्व मिस नेपाल, निर्णायक तथा सयौं दर्शकका बीच ‘मिस नेपाल वल्र्ड २०१९’को उपाधी अनुष्का श्रेष्ठले आफ्नो पोल्टामा पारिन्। अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उक्त ताज लगाउदाको क्षण अनुस्काका लागि उति सहज थिएन। आखाँमा खुसीका आँसु र अझ भविष्यमा अझ केही गर्ने हौसला स्पस्ट देखिन्थ्यो।

अझ पूर्व ‘मिस नेपाल वल्र्ड २०१८’ श्रृंखला खतिवडाले अनुष्काको शिरमा क्राउन लगाइदिँदै गर्दा अनुष्कामा हर्षका आँशु छचल्किए । अष्ट्रेलियामा बैंकको आकर्षक जागिर त्यागेर ‘ब्युटि प्याजेन्ट’ मिस नेपालको प्रतिस्पर्धामा हुमिएकी अनुष्का अन्तत प्रतियोगिताको क्राउन जित्न सफल भइन्। यससँगै अबको उनको यात्रा र जिम्मेवारी ‘मिस वल्र्ड’ प्रतिस्पर्धाका लागि समेत रहने छ।

चुनौतिहरुको चाङमा अनुष्का श्रेष्ठ
२३ बर्षिय अनुष्का श्रेष्ठ जो काठमाडौंमा जन्मिएर पाँच वर्ष अगाडि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगीन्। अध्ययन र आफ्नो क्षमतालाई अष्ट्रेलियामा समेत अनुष्काले दवाएर राख्न चाहिनन्। जसले गर्दा सन् २०१८ को मिस नेपाल ओसिनियाको उपाधिसमेत अनुष्काले हात पारेकी थिइन् ।

उनि अष्ट्रेलिया रहँदा त्यहाँको उत्कृष्ट बैंक ‘कमनवेल्थ बैंक’मा काम गर्थीन्। जहाँ उनी हाई प्रोफाइल अनुसारकै तलब बुझ्ने गर्थीन्। तर अनुष्काको मिस नेपाल वल्र्डको सपना बैंकिङ करियरले पूरा गर्न सकेन। पारिवार तथा आफन्तले बैंकको राम्रो तलब नगुमाउन आग्रह पनि गरे। तर आफ्नो लक्ष्यमै अडिक रहिन्।

अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटीमा स्नातक अध्ययन पूरा गरेकी ५ फिट ४ इन्च अग्ली अनुष्काको अबको यात्रा डिसेम्बरको ७ मा आयोजना हुने ‘मिस वर्ल्डको हो। जहाँ अनुष्का सँगै नेपाल र नेपालीहरुको परिचय जोडिएको छ।
‘मिस नेपाल २०१९’मा सहभागी हुन नेपाल आउनु अघि अष्ट्रेलियामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अनुष्काले आफू नेपाल गएर सामाजिक सेवामा लाग्ने बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘विदेशमा बस्ने नेपालीहरुलाई एउटा आरोप के छ भने, हामी नेपाल नेपाल भन्दै कराउँछौ, तर देशका लागि केही पनि गर्दैनौं । म नेपालमा गएर सैद्धान्तिक रुपमा मात्र होइन, व्यवहारिक रुपमा काम गर्न चाहन्छु ।’ उनले थपेकी छन्, ‘अष्ट्रेलियामा बसेर हामीले नेपालका विभिन्न स्थानका समस्या सुनेका छौं, बुझेका छैनांै। तर, म मिस नेपालको विजेता बने पनि नबने पनि ती स्थानमा पुगेर काम गर्न चाहन्छु।’

अनुष्काले भने जस्तै गर्नु पर्ने धेरै छन्। तर उनले भनेझै गर्न उति सहज पनि छैन। अनुष्काले यस बिषयमा सोच्न जरुरी छ।

अुनष्काकाको पहिलो प्राथमिकता र पहिलो यात्रा मिस वल्र्डको हो। जसमा अघिल्लो बर्ष मिस वर्ल्डमा सहभागी हुन पुगेकी श्रृङ्खला खतिवडाले २ वटा सब–टाइलट जितेर मिस वर्ल्डमा नेपालीहरुको बलियो उपस्थितिको छनक देखाइन्।

तर अनुष्काले त्यस प्रकारको क्रेज बनाउन सक्लिन या नसक्लिन्, त्यो भने पर्खाइको बिषय बनेको छ।

Got Something To Say: