‘चिट डे’ बाेलकाे गीतमा चुलबुले झरना पुत्री सुहाना [भिडियाे]

काठमाडाैं- फिल्म ‘ए मेरो हजुर ३’ को तेस्रो गीत शुक्रबार सार्वजनिक भएको छ। सार्वजनिक ‘चिट डे’ शिर्षकको गीतमा प्रबिसा अधिकारीको स्वर रहेको छ भने गीतलाई प्रतिक पौडेलाले संगीत दिएका छन।

राहुल साहको कोरियोग्राफी रहेको गीतमा सुहानालाई चुलबुले प्रेमीकाको रुपमा देखाइएको छ ।

‘ए मेरो हजुर ३ ‘ बाट सिने नगरीमा डेव्यु गर्ने तयारीमा रहेको नायिका सुहाना थापा र अनमोल केसीको अभिनया रहेको छ ।

चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ३’को दुई गीत र ट्रेलर रिलिज भइसकेका छन्। ट्रेलर रिलिज पश्चात् अनमोल र सुहानाको जोडीलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।

म्युजिकल लभ स्टोरीमा बनेको फिल्मअनमोल एक म्युजिसियनको भूमिकामा प्रस्तुत हुदैँछन्। फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन्। सिनेमामा अनमोल, सुहानाको अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ ।

Got Something To Say: