छक्का पन्जा ३ को पहिलो गीत “पहिलो नम्बरमा” औठी बैना दिने (भिडीयो)

काठमाडौं – चलचित्र छक्का पन्जा ३ को पहिलो गीत “पहिलो नम्बरमा” सार्वजनिक भएको छ ।

सोमवार हाइलाइट नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरेको उक्त गीतमा चर्चित कलाकार केदार घिमीरे, जितु नेपाल, दिपक राज गिरी, सुमन गिरी (भान्जा) बुद्धी तामाङ, अभिनेत्री बर्षा राउत, स्वस्तिमा खड्का, दिपा श्री निरौला, दिपिका पर्साइ, प्रियंका कार्की लगायतको फिचरिङमा रहेका छन् ।

चलचित्रको पहिलो गीत निकै आर्कषक रहेको छ । गीतमा मायामा हुने प्रकृयालाई बर्णन गर्न खोजीएको छ । पहिलो दोश्रो गर्दै गरिने मायामा पहिले नम्वरमा औठी बैना दिउला भनि प्रेमी प्रेमीका लाई फकाउन प्रयास गरिएको छ ।

आगामी बडा दशैको फुलपातीको दिनलाई रिलिज मिति तोकिएको उक्त चलचित्र लाई नायिका, हाँस्य कलाकार तथा दिपा श्री निरौलाको निर्देशन रहेको छ । चलचित्रको सार्वजनिक गीतमा गायक डेविट शंकर र गायिका विन्दु परियारको स्वर रहेको छ, भने दिपक शर्माको संगीत रहेको छ ।
दिपकराज गिरीको लेखन रहेको उक्त चलचित्रमा निर शाह, शिवहरि पौड्याल, किरण केसी, अनुराग कुँवर, लक्ष्मी गिरी, विल्सन् राई, जयनन्द लामा, सारदा गिरी, विमला गिरी, बसन्त भट्ट लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ  भने चलचित्रमा मन कृष्ण महर्जन र शेर बहादुर लामाको छायांकन रहेको छ । चलचित्रलाई सुमन गिरी (भान्जा),शिवहरि पौड्याल,किरण केसी, तारा चन्द्र ब्यञ्जन (निसान) पुरुषेत्तम प्रधान, दिपेन्द्र कडरिया र केशव न्यौपानेले मिलेर निर्माण गरेका हुन् भने विपिन मल्लको सम्पादन रहेको छ ।

Got Something To Say: