रंगाशाला निर्माण कार्य तिव्ररुपमा, सामाजीक अभियान्ता समेत श्रमदानमा

चितवन – धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगाशालाको काम तीव्र गतिमा अघि बढेको छ ।

रंगशाला निर्माणका लागि सामाजिक अभियन्ताहरू समेत श्रमदानमा जुटिरहेका छन् ।

डीपीआरको चरणमा रहेको रंगाशाला निर्माणका लागि भौतिक संरचनाको काम सुरु भएकाले सामाजिक अभियन्ताहरू श्रमदाननमा जुटेका हुन् ।

पर्यटन वर्ष २०२० लाई सफल पार्ने योजनासहित वातावरण सरसफाइ अभियानमा जुटेको ‘वे ग्रुप’ चितवनका अभियन्ताहरुले रंगशाला निर्माणस्थल पुगेर श्रमदान गरेका छन् ।

नेपालकै गौरवको आयोजना भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ भन्ने भावनासहित श्रमदानमा जुटेको वे ग्रुपका संयोजक भोजनारायण कँडेलले जानकारी दिए ।

केही दिनअघिदेखि मजदूर बस्न र निर्माण सामग्री राख्न भौतिक संरचना निर्माणको काम भइरहेको छ ।

साथै क्रिकेट मैदानको क्षेत्रफलभित्र जस्ता लगाएर कम्पाउण्डिङ गर्ने काम चलिरहेको छ ।

डीपीआरको काम सकिएपछि शिलान्यास गर्ने र त्यसको दुई वर्ष्भित्र निर्माण कार्य सकाउने लक्ष्यसहित काम भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए ।

करिब तीन अर्वको लागानीमा बन्न लागेको रंगाशालाका लागि हालसम्म साढे पाँच करोड रूपैयाँ संकलन भइसकेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं. १५ स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले उपलब्ध गराएको २० विगाह ६ कट्ठा क्षेत्रफलमा रंगाशाला बन्न लागेको हो ।

Got Something To Say: