क्रिकेट खेल्न क्रिकेटर सन्दीप लामीछाने क्यानडा जाँदै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) मा छनौट भए देखि नै चर्चामा आएका लेग स्पीनर सन्दीप लामिछानेले अब क्यानडाको ग्लोबल टि–२० लिगमा पनि खेल्ने भएका छन् ।

कुल ६ टिम संलग्न यस लिगमा सन्दीपलाई मन्टरियल टाइगर्सले आफ्नो टिमको लागि छनौट गरेको हो ।

उक्त टिममा सन्दीप सँगै अन्तराष्ट्रिय क्रिकेटका धुरन्धर वेष्ट इन्डीजका सुनिल नारिन, श्रीलंकाका थिसारा परेरा र लासिथ मालिंकाको साथै पाकिस्तानका मोहम्मद हफिज पनि रहेका छन् ।

डबल राउन्ड लिग आधारमा खेलिने यो प्रतियोगिता २८ जुन देखि सुरु भइ १५ जुलाई सम्ममा सम्पन्न हुनेछ ।

गत फेब्रुअरीमा अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद्ले यो प्रतियोगिता आयोजनागर्न स्वीकृति दिएको थियो ।

सन्दीपले मे ३१ मा विश्व ११ बाट क्रिकेट खेलेका थिए भने अब वेष्ट इन्डीजको टि–२० लिग क्यारेबियन प्रिमियर लिग खेल्ने पनि तालिका रहेको छ ।

यो सँगै सन्दीप नेपालबाहेक अरु ३ देशको क्रिकेट लिग खेल्ने पहिलो नेपाली खेलाडि समेत भएका छन् ।

Got Something To Say: