धनगढी प्रिमियर लिग (डिपिएल)को फाइनलमा काठमाडौं गोल्डेन्स्

काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा काठमाडौं गोल्डेन्स् प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो।

अब उपाधिका लागि काठमाडौंले भोलि धनगढी टिम चौराहासँग प्रतिस्पर्धा गर्नेछ। धनगढीले यसअघि पहिलो क्वालिफायरमा काठमाडौंलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

बिहीबारको खेलमा महेन्द्रनगरले दिएको १ सय ४३ रनको विजय लक्ष्यलाई ५ विकेटको क्षतिमा १८.२ ओभरमा पार गर्दै काठमाडौं फाइनलमा प्रवेस गरेको हो।

Got Something To Say: