सामाजिक सेवासँगै अब फिल्म बनाउदै हास्यकलाकार दोय धुर्मुस सुन्तली

काठमाडौं– हास्य कलाकार दोय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले नयाँ फिल्म बनाउने घोषणा गरेका छन्। एपिवान टेलिभिजन बाट प्रसारण हुँदै आएको रियालीटि शो ‘नेपाल आइडल’मा अतिथिको रुपमा सहभागि भएका धुर्मुस र सुन्तलीले आफुँहरु फिल्म बनाउन लागको जानकारी दिएका हुन्।

कार्यक्रममा पछिल्लो समय आफ्नो व्यस्तताका सम्बन्धमा बोल्ने क्रममा उनिहरुले भने,‘सामाजिक कार्य भएरहेका छन् र अबको क्रममा एउटा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन जुटिरहेका छौं र यससँगै हामी एउटा फिल्म पनि निमार्ण गर्न गइरहेको छौं। फिल्मको तयारी लगभग अन्तिम चरणमा छ। जसका लागि स्क्रिप्टको काम भइरहेको छ।’ फिल्म कस्तो बिषयमा, के शिर्षकमा र कहिलेबाट निमार्ण हुने छ भन्ने कुरा भने उनिहरुले खुलाएका छैनन्।

बिगत लामो समयबाट हास्य कलाकारको रुपमा स्थापित धुर्मुस सुन्तली २०७२ सालमा आएको महा भुकम्प पछि सामाजिक सेवामा पनि सक्रिय रहदै आएका छन्। उनिहरुले विभिन्न स्थानमा एकिकृत बस्ति निमार्ण गर्नका साथै अन्य थुपै समाजिक सेवाहरु गर्दै आएका छन्। पछिल्लो समय भने उनिहरु नेपालमा एक अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने प्रयासमा जुटेका छन्।

फिल्मको कुरा गर्ने हो भने कलाकार सिताराम कट्टेलले छ एकान छ, छक्का पञ्जालगायतकमा अभिनय गरिसकेका छन्। तर पछिल्लो समय सामाजिक कार्यमा व्यस्त हुनाले उनिहरुले कुनै पनि फिल्ममा काम गर्न सकिरहेका छैनन्।

Got Something To Say: