नेपालमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना शुरु

काठमाडौं – नेपालमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना–२०७५’ आजबाट शुरु भएको छ ।

केन्द्रीय तथ्यांक विभागद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को शुभारम्भ तथा आर्थिकगणना स्तम्भको अनावरण गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले आर्थिक नीति तर्जुमा तथा योजना निर्माणका लागि राष्ट्रिय आर्थिक गणना २०७५ महत्वपूर्ण दस्तावेज हुने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रीय तथ्यांक विभागले आगामी जेठ ३१ गतेसम्म सञ्चालन गर्ने सो गणनाका उद्देश्य सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई क्रमशःव्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न एंव अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक उपलव्ध गराउनु रहेको छ ।

विभागका महानिर्देशक सुमनराज अर्यालले विभागबाट आर्थिक गणनाका विवरण संकलन गर्न प्रत्येक घरदैलो, व्यापारिक प्रतिष्ठान वा व्यवसायस्थलमा गणना कर्मचारी आईपुग्ने भएकाले त्यसकार्यमा सहयोग गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभयो ।

राष्ट्रिय आर्थिक गणना नेपालको पहिलो तथा ऐतिहासिक बृहत् तथ्यांकीय कार्य भएकाले गणनाको स्मृतिमा विभागले आफ्नो परिसरमा ‘आर्थिक गणना स्तम्भ’ समेत निर्माण गरेको छ ।

Got Something To Say: