यूरोपा लिगः एथलेटिको मड्रिड र आर्सनल सेमिफाइनलमा प्रवेश

काठमाडौं– एथलेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति क्वाटरफाइनलको दोस्रो लिगमा लिस्बोनसँग १–० ले हारेको एथलेटिको मड्रिड समग्रमा २–१ को जित निकाल्दै एथलेटिको सेमिफाइनलमा पुग्न सफल भएको हो ।
सेमिफाइनल प्रवेशका लागि २८ औं मिनेटमा फ्रेडी मोन्टेरोले गरेको गोल नै निर्णायक बनेको थियो ।

बिहीबार राति नै भएको अर्को खेलबाट आर्सनल पनि सेमिफाइनमा पुगेको छ । रसियन क्लब मस्कोसँग दुई–दुई गोलको बराबरीमा रोकिए पनि समग्रमा ६–३ को नतिजासहित आर्सनल सेमिफाइनलमा पुगेको हो ।

खेलको ५० मिनेटसम्म पनि २–० ले पछि परेको आर्सनल इन्जुरी समयमा बराबरी गर्न सफल भयो ।

खेलको ३९ औं मिनेटमा चालोभको गोलबाट मस्कोले सुरुआती अग्रता लिएको थियो । त्यसपछि ५० औं मिनेटमा नाबाकिनले अर्को एक गोल थप्दै खेललाई २–० को अवस्थामा र्पुयाए ।

दबावमा परेको आर्सनल कमब्याक गर्दै मिनेटभित्र २ गोल गर्न सफल भयो । ७५ औं मिनेटमा बेलबेकले र इन्जुरी समयमा आरोन राम्सेले एक–एक गोल गरेका थिए ।

Got Something To Say: