चितवनको टाँडीमा एभरेष्ट बैंकको नयाँ साखा उद्घाटन

काठमाडौं – एभरेष्ट बैंकले चितवनको टाँडीमा पनि आफ्नो शाखाको औपचारिक रुपमा सुरु गरेको छ ।

टाँडी शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे ।

उक्त कार्यक्रममा नेपाल प्रहरीका नायव प्रहरी उपरिक्षक बासुदेव खतिवडा, रत्ननगर नगरपालिकाका वडा नं २ का अध्यक्ष तिलकराज पौडेल, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष भिमनारायण श्रेष्ठ तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

Got Something To Say: