फिल्म ‘आप्पा’को ‘अमला’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – फिल्म ‘आप्पा’को नयाँ गीत सार्वजनिक भएको छ ।

नायक दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’को अमला बोलको गीत सार्वजनिक भएको हो ।

बाल मनोविज्ञान को कथामा अधारित उक्त गीतमा नायक दयासँगै सिद्धार्थराज तामाङ र अल्लोना काबो लेप्चाको फिचरिङ रहेको छ ।

हर्क राउतको शब्द रहेको गीतमा गायिका मेलिना राई र एसडी योगी को स्वर तथा सुशान्त गौतम र योगी आफैको संगीत रहेको छ ।

गीतमा कोरियोग्राफर रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी छन् ।

अनमोल गुरुङको लेखन तथा निर्देशन गरेको फिल्म पहिले घोषणा भएको मितिमा रिलिज नहुने पनि बताइएको छ ।

रुदेन सदा लेप्चाले निर्माण गरेको फिल्म असार १३ मा रिलिज हुने बताइएको छ । यसअघि जेठ २४ लाई फिल्मको रिलिज डेट तय गरिएको थियो ।

 

Got Something To Say: