ड्राइभरको कथामा फिल्म ‘आप्पा’ काे ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं –फिल्म ‘आप्पा’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि फिल्म निर्माण युनिटले उक्त फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

फिल्ममा दयाहाङ राईको शीर्ष भूमिका रहेको छ । राईले फिल्ममा आप्पा (बुबा) को भूमिका निर्भाह गरेका छन् ।

पहाडको बाटोमा गाडि ड्राइभ गर्ने एक ड्राइभरको कथालाई लिएर निर्माण भएको यो फिल्ममा सिद्धार्थ राज तामाङ, अलोना काबो लेप्चा, तुल्सी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ।

निमेश श्रेष्ठको सम्पादन रहेको फिल्ममा रुदेन सदा लेप्ताको लगानी छ ।

यस्तै फिल्ममा अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको छ । फिल्मको स्किृप्ट अनमोल गुरुङ र उमेश उपमाले तयार पारेका हुन् ।

फिल्म आगामी असार १३ गतेबाट प्रर्दशनमा आउने बताइएको छ ।

Got Something To Say: