चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक (भिडीयो)

काठमाडौं – चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक भएको छ ।

अमेरीकामा बस्ने नेपालीहरुको कथा समेटिएको यो चलचित्रमा अभिनय पनि अमेरीकामै रहदै आएका नेपाली कलाकारहरुले गरेका छन् ।

राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेका यो चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

चलचित्रलाई निर्देशक ईश्वर थापाले निर्देशन गरेका छन् भने सम्पादन पनि उनै थापाको रहेको छ ।

चलचित्र सवैभन्दा पहिला अमेरिकामा रिलीज हुने छ । अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको उनको निर्देशक थापाको भनाई छ ।
चलचित्रलाई ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.को व्यानर निर्माण गरिएको छ ।

Got Something To Say: