चलचित्र बेवि आई लभ यु को ‘सायद तेरो मेरो’बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं – आगामी जेठ १८ गतेदेखि देशभरप्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेबी आइ लभ यू’को दोश्रो गीत सार्वजनि भएको छ ।

चलचित्रको फिमेल स्याड भर्सनको ‘सायद तेरो मेरो’ बोलको उक्त गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक उक्त गीतमा सन्तोष खड्गीको संगीत र प्रियंका शर्माको स्वर समावेश छ भने उक्त गीतको भिडियोमा नायिका पूजा तिवारी फिचरिंग छिन् ।

जनक पाण्डे निर्दे्शित फिल्म बेबी आइ लभ यु लाई शिव न्यौपानेले निर्माण गरेका हुन् ।

फिल्ममा सन्तोष र पूजा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

लभ स्टोरी जनरामा निर्माण गरिएको चलचित्रमा सृजना परियार र दुर्गा पाण्डे सह निर्माताका रुपमा रहेका छन भने चलचित्रमा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

Got Something To Say: