फिल्म ‘भुइँफल’को निर्माण घोषणा

काठमाडौं– द्वन्द्वकालमा विस्थापित भएर मधेसमा बसोबास गर्न आइपुगेका तथा दलित समुदायमा हुने उतारचढाव र उनीहरूलाई राज्यले गरेको विभेदमाथि केन्द्रित हुने फिल्म ‘भूइँफूल’को निर्माण घोषणा भएको छ।

काठमाडौंको पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण यूनिटले फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन् ।

नेत्र छन्त्यालको लेखन तथा निर्देशन रहने फिल्ममा सरिता राईको लगानी रहनेछ।

फिल्ममा गाविन्द प्रभात, नरेन खड्का, तुलसा थापा, दीपेन्द्र दर्नाल, चन्दा राईलगायतका कलाकार रहने छन्।

गणेश सुवेदीको शब्द तथा रमेश खड्काको संगीत रहने फिल्मलाई रामेश्वर हुमागाईंले खिच्नेछन् भने कलाकार गोविन्दकै नृत्य निर्देशन रहनेछ।

भुमेथान फिल्म प्रोडकसन प्रालिको ब्यानरमा बन्न लागेको फिल्म बैसाख २५ गतेबाट छायांकनका लागि फ्लोरमा लैजाने निर्माण यूनिटले बताएको छ ।

Got Something To Say: