चलचित्र छक्का पन्जाको ५१ औँ दिन पुरा

काठमाडौं – निर्देशक दिपा श्री निरौलाद्धारा निर्देशित नेपाली कथानक चलचित्र छक्का पन्जाले ५१ दिन पुरा गरेको छ। राजधानी र मोफसलका १३ वटाहलमा चलचित्रले ५१ दिन पुरा गरेको हो ।
राजधानीका हलहरु क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो ।

यस्तै मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पुरा गरेको हो ।
चलचित्रको ५१ दिन पुगेको अवसरमा चलचित्रका कलाकारहरुले आफ्नो सामाजीक सञ्जाल मार्फत् खुसियाली बाँडेका छन् ।

Got Something To Say: