फिल्म दाल भात तरकारीको ट्रेलर सार्वजनिक (भिडियो)

आगामी बैसाख २० बाट देशभर प्रर्दशनमा आउने फिल्म दाल भात तरकारीको ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा अमेरिकाको मोहलाई कमेडि रुपमा प्रस्तुत गर्न खोजीएको छ।
मल्टिस्टारर फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् । उनीहरुको अलवा फिल्ममा आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय रहेको छ ।
मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्मलाई सुदन केसीले निर्देशन गरेको हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठले फिल्म निमार्ण गरेका हुन् । दिर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् ।

Got Something To Say: