बन्ने भयो फिल्म ‘होस्टेल ब्याक अगेन’

काठमाडौं – फिल्म ‘होस्टेल’ र होस्टेल रिर्टन्स पछि अब पुन ‘होस्टेल ब्याक अगेन’ बन्ने भएको छ ।

निर्माता गोविन्द शाहिको लगानिमा निर्माण हुने उक्त फिल्म दुर्गेस फिल्मस् र काफिया फिल्मस्को ब्यानरमा निर्माण हुने बताइएको छ ।

सुनिल रावलको निर्देशन तथा उनकै कथामा बन्ने उक्त फिल्म अमेरिकामा छायांकन गरिने जानकारी प्राप्त भएको छ ।

निर्देशक रावलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य बनाएर होस्टल ब्याक अगेन निर्माण गरिँदै छ

आफुले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्ने पनि सुनिलले बताएका छन् फिल्मको पटकथा, संवाद रायन राइजको रहनेछ ।

अहिले स्कृप्टको काम भइरहेको बताइएको छ ।

फिल्ममा केहि कलाकार नेपालबाट अमेरिका लगीने र केहि भने अमेरिकाकै होस्टलमा बसिरहेका विद्यार्थी रहने जानकारी निर्माता शाहिले दिएका छन् ।

रावलको निर्माणमा २०१३ मा होस्टलबाट अभिनेता अनमोल केसी, होस्टल रिटन्र्सबाट सुशिल श्रेष्ठ र नाजिर हुसेन डेब्यू भएका हुन् ।

Got Something To Say: