अन्तत सेन्सरले खुलाईदियो झमकबहादुरको बाटो

काठमाडौं – आउदो शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झमक बहादुर’ सेन्सर पास भएको छ । अपहरण र सुन तस्करीको कथा उठाएका कारण केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रको सेन्सर पासमा रोक लगाएर निर्माण टिमलाई निकै तनावमा पारेको थियो ।
कुनै पनि दृश्य नहटाउने तर केहि ठाउँमा अपशब्द प्रयोग भएकाले सेन्सर बोर्डले ’म्यूट’ गर्न निर्माण टिमलाई निर्देशन दिएको छ । चलचित्र सेन्सर पास भएसँगै प्रदर्शनका लागि बाटो खुलेको भन्दै निर्देशक भोमन कटुवाल र निर्माता मिन कुमार तामाङले खुसी समेत व्यक्त गरेका छन् ।

चलचित्रलाई १६ वर्ष उमेर मुनीकाले हेर्न अभिभावक लिएर जानु पर्ने छ । पहिलो ट्रेलर रिलिज भएपछि यो फिल्म दक्षिण भारतीय फिल्म ’मुम्बई एक्सप्रेस’ को कपी रहेको भन्दै आलोचना भइरहेको छ । यस अघि चलचित्र कोहलपुर एक्प्रेसलाई यहि चलचित्रको फोटो कपी गरेको आरोप लागाएको थियो ।

नायक अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापा लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्र आगामी श्रावण १८ अर्थात् आउदो शुक्रवार प्रर्दशनमा आउने छ ।

Got Something To Say: