दयाहाङ,कर्मा र उपसनाको मुख्य भुमिकामा बन्ने भयो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को निर्माण घोषणा भएको छ ।

राम बाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा अघिल्ला दुई सिरिजका मुख्य नायक दयाहाङ राई कर्मा शाख्य र उपाशना सिंह ठकुरीको मुख्य भूमिका रहने छ ।

स्वजातिय बिबाह र अन्तरजातिय प्रेमकथामा बन्ने फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी रहने छ ।

फिल्ममा दया,कर्मा र उपसनाका अलवा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, बिजय बराल कमलमणि नेपाल, अरुणा कार्की, राजन खतिवडा, मणी के राई, डीबी गुरुङ, राजेन्द्र थापा लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतीमा तयार हुने यो फिल्ममा अभिनय कोचको रुपमा अनुप बराल रहने बताइएको छ ।

आगामी जेठको ५ गतेबाट छायांकनमा जाने ‘कबड्डी कबड्डी कबड्डी’मा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

फिल्म आगामी भाद्रबाट तिहारको विच जुनसकै दिनपनि प्रर्दशनमा आउने बताइएको छ ।

Got Something To Say: