फिल्म  ‘लभ डायरीज’को पाेष्टरसँगै प्रर्दशन मिती सार्वजनिक

काठमाडाैं –  फिल्म  ‘लभ डायरीज’को निर्माण टिमले फस्टलुक पोष्टरसँगै प्रदर्शन मिति घाेषणा गरेकाे छ ।

फिल्मको फस्टलुकमा नव–नायिका रुबिना थापासँग नायक सुशिल श्रेष्ठ देखिएका छन् ।

टपलेस सुशिलको छात्तीमा टाउको राख्दै रुबिना रोमान्टिक देखिएकी छिन् ।

सौरभ चौधरीले निर्देशन गरेको यो फिल्म असोजको ३ गतेबाट रिलिज हुने भएको छ ।

फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको पनि मुख्य भूमिका छ । फिल्ममा सुशिल विदेशी मोजमस्तीमा रमाइलो गर्ने विग्रिएको यूवाको भूमिकामा छन् ।

फिल्मले प्रेम र कमेडीलाई प्रस्तुत गरेको छ ।

विनोद सापकोटाको मुख्य लगानी रहेको फिल्ममा सरोज तुलाधर पनि निर्माता छन् ।

साहिल खान एसोसियट निर्देशक रहेको फिल्ममा उनकै सम्पादन छ ।

संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।

Got Something To Say: